पाकिस्तानको कराँचीमा हिन्दू डाक्टरको गोली हानी हत्या
इस्लामाबाद । पाकिस्तानको कराँचीमा एक हिन्दु डाक्टरको गोली हानी हत्या गरिएको छ । हिन्दू डाक्टर डा बीरबल गेनानी बिहीबार आफ्नो क्लिनिकबाट घर फर्कने क्रममा कराँचीको लायारी नजिकै गोली हानी हत्या गरिएको जियो न्यूजले जनाएको छ ।
कराँची महानगरपालिका (केएमसी) का पूर्व स्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा बीरबल गेनानीलाई बिहीबार कराँचीमा अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए। गोली लागेर डा गेनानीको घटनास्थलमै मृत्यु भएको थियो भने सहायक महिला चिकित्सकको गोली लागेर घाइते भएका थिइन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर शव र घाइतेलाई अस्पताल लगेको जियो न्यूजले जनाएको छ । घटनाको सीसीटीभी फुटेजमा डा गेनानीको कार अनियन्त्रित भई पर्खालमा ठोक्किएको देखाइएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्