जी–२० बैठकमा ‘ब्लु इकोनोमी’ र एआईको विषयमा छलफल

गुवाहाटी । आजबाट सुरु हुृने सुरु हुने तीनदिने सर्वोच्च लेखापरीक्षण संस्था–२० इन्गेजमेन्ट ग्रुप डेलिगेट्स बैठकमा ब्रेनस्टर्मिङ सत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ‘ब्लु इकोनोमी’को बारेमा छलफल हुने भएको छ । भारतका लागि महालेखा परीक्षक गिरीश चन्द्र मुर्मुले यस संस्थाको अध्यक्षता गरिरहेका छन् ।
‘ब्लु इकोनोमी’ भनेको हाम्रो इकोसिस्टमको स्वास्थ्यको संरक्षण गर्दै आर्थिक वृद्धि, सुधारिएको जीविकोपार्जन र रोजगारीका लागि समुद्री स्रोतहरूको दिगो प्रयोग गर्नु हो। यस्तै एआई एक सुशासन ढाँचा हो जसको उद्देश्य डाटा संकलन र प्रयोग गर्न सकिन्छ । कार्यक्रममा जी–२० सदस्य राष्ट्रहरू, अतिथि राष्ट्रहरू र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुनेछन्।
अष्ट्रेलिया, ब्राजिल, इजिप्ट, इन्डोनेसिया, ओमान, दक्षिण कोरिया, रुस, साउदी अरेबिया, टर्की र संयुक्त अरब इमिरेट्सका प्रतिनिधि सहभागी हुनेछन्। गुवाहाटीमा आयोजना हुने कार्यक्रममा दुईवटा विषयमा अवधारणापत्र प्रस्तुत हुने छस । सहभागीहरूले आफ्ना अनुभवहरू साटासाट गर्नेछन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्