रक्षा बजेट चीनले ७ प्रतिशतले बढायो
चीन । चीनले आफ्ना सेनालाई थप शक्तिशाली बनाउने उद्देश्यले रक्षा बजेट बढाएको छ । चीनले सात प्रतिशतले रक्षा बजेट बढाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।
चिनियाँ संसद (नेसनल पिपुल्स कंग्रेस) मा संबोधन गर्दै प्रधानमन्त्री ली केकियाङ्गले चीनलाई कमजोर बनाउने प्रयास तीव्र भएको भन्दै यस वर्ष रक्षा बजेट बढाउने निर्णय गरिएको बताए । उनले सीमा क्षेत्रमा सैन्य प्रशिक्षण र सबै प्रकारका तयारीलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका थिए ।
चीनले सेनाका लागि बर्सेनि करिब दुई सय अर्ब डलर खर्च गर्ने गरेको छ । यद्यपि उसको प्रतिद्वन्द्वी अमेरिकाको तुलनामा यो करिब चार गुणा कम हो । संसद बैठकमा चीनले यस वर्ष ५ प्रतिशतभन्दा कम आर्थिक विकासको लक्ष्य राखेको जानकारी पनि गराइएको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्