अभिनेत्री निशा अधिकारीले दिइन क्रिकेटर शरद भेषावकरलाई अशंबण्डाको मुद्धा
क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारीबीचको वैवााहिक सम्बन्धमा दरार आएको छ । अभिनेत्री निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेपछि उनीहरुबीच सम्बन्धमा दरार आउन लागेको संकेत देखिएको छ ।
एकल सन्तानका रुपमा रहेका नाबालक छोरा समेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा हालेकी छन् । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइतबार सम्पत्तिको फाँटबारी माग गर्ने आदेश दिएको छ ।
केही वर्षको प्रेम सम्बन्धपछि शरद र निशा २०७४ सालमा विवाह बन्धनमा बाँधिएका थिए । निशाले अमेरिकामा गएर २०७५ मा छोरालाई जन्म दिएकी थिइन् ।
अहिले निशा र शरद दुवै नेपालमै बस्दै आएका छन् । अदालतमा निशाले सम्बन्धविच्छेदको मुद्दा भने दिएकी छैनन् । सम्बन्धविच्छेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधान छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अभिनेत्री निशा अधिकारी, #शरद भेषावकर
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्