अभिनेत्री निशा अधिकारीले दिइन क्रिकेटर शरद भेषावकरलाई अशंबण्डाको मुद्धा
क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारीबीचको वैवााहिक सम्बन्धमा दरार आएको छ । अभिनेत्री निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेपछि उनीहरुबीच सम्बन्धमा दरार आउन लागेको संकेत देखिएको छ ।
एकल सन्तानका रुपमा रहेका नाबालक छोरा समेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा हालेकी छन् । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइतबार सम्पत्तिको फाँटबारी माग गर्ने आदेश दिएको छ ।
केही वर्षको प्रेम सम्बन्धपछि शरद र निशा २०७४ सालमा विवाह बन्धनमा बाँधिएका थिए । निशाले अमेरिकामा गएर २०७५ मा छोरालाई जन्म दिएकी थिइन् ।
अहिले निशा र शरद दुवै नेपालमै बस्दै आएका छन् । अदालतमा निशाले सम्बन्धविच्छेदको मुद्दा भने दिएकी छैनन् । सम्बन्धविच्छेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधान छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अभिनेत्री निशा अधिकारी, #शरद भेषावकर
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्