Techie IT
  • १० जेठ २०८२, शुक्रबार
KhojPatrika

अबदेखि दुई पाँग्रे सवारीमा मोबाइल स्टाण्ड राख्न पाइने भो, यस्तो छ उच्च अदालतको आदेश


काठमाडौँ । केहि महिनादेखि प्रतिबन्ध लगाईएको दुई पाँग्रे सवारीमा गोप्रो क्यामरा र मोबाइल स्टाण्ड राख्न नपाइने नियम खारेज भएको छ । अबदेखि मोटरसाइकल तथा स्कुटरमा गोप्रो क्यामरा र मोबाइल स्टाण्ड राख्न पाइने भएको छ । उच्च अदालत पाटनले रिटको फैसला सुनाउँदै दुई पाग्रे सवारी साधनमा गोप्रो क्यामरा र मोबाइल स्टाण्ड राख्न दिन आदेश दिएसँगै राख्न पाउने भएको हो ।

सजिलो साथि प्रा।लिको सहकार्यमा डेविड चौधरी र आर्यन राज पाण्डेले रिट दायर गरेका थिए । यसअघि, मोटरसाइकल कम्पनीबाट बनेर आएको भन्दा बाहेक पनि पाटपूर्जा परिवर्तन गर्ने र थप्ने क्रम बढेको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रोकेको थियो । ट्राफिक प्रहरीले यसलाई मोडिफाईको रुपमा अथ्र्याएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कानुनमा भएको व्यवस्था लागू गर्न लागिएको बताएको थियो । बाइकमा कुनै पनि किसिमको मोबाइल स्ट्यान्ड राख्दा वा अन्य मोडिफाई गर्दा ट्राफिक प्रहरीले ५०० देखि दुई हजार रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था गरेको थियो ।

यातायात कार्यालय पठाएमा न्यूनतम ५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने प्रहरीको भनाई थियो । हाल विशेषतः पछिल्लो समय राइड शेयर सेवा दिने दुईपाग्रे सवारीसाधनले विभिन्न किसिमका मोबाइल स्ट्यान्ड राख्दै सेवा दिदै आएका थिए । प्रहरीले मोबाइल स्ट्यान्डका कारण विकृति बढेको र दुर्घटनाको जोखिम पनि बढेको भन्दै कारवाही थालेको बताएको थियो।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #मोटरसाइकल तथा स्कुटर, #मोबाइल स्टाण्ड

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं