आत्मदाह गरेका प्रेम प्रसादको परिवारले पाए बीमाबापत ५० लाख
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको आश्रित परिवारलाई ५० लाख १२ हजार १ सय ९४ रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गराएका उनको दावी भुक्तानी दिनुपर्ने बीमा पोलिसीको शर्त बमोजिम बीमा दावी रकम भुक्तानी गरिएको कम्पनीले बताएको छ ।
कम्पनीले ५० लाख बीमा बापतको रकम र १२ हजार १९४ रुपैयाँ बोनस समेत थप गरी मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत दाबी भुक्तानी गरेको सन लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जानकारी दिए । आचार्यले २०७७ मंसिर २ गते कम्पनी मार्फत ५० लाख रुपैयाँको धनञ्जय बीमा पोलिसी खरिद गरेका थिए ।
संघिय संसदभवन अगाडी आत्मदाह गर्नु अगाडि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आत्मदाह गर्नु अगाडी नोट सार्वजनिक गरेका थिए । सो नोटमा नेपाल लाइफका अभिकर्ता तथा कर्मचारीले बीमा पोलिसी खरिद गर्दा ४/५ लाख रुपैयाँ खाइदिएको आरोप समेत लगाएका थिए ।
क्याटेगोरी : अर्थ, जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रेम प्रसाद आचार्य, #सन नेपाल लाइफ इन्स्योरेन्स
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्