सुनको मूल्यमा उच्च रेकर्ड, छापावाला सुन तोलाको १ लाख ७ हजार ५ सयमा कारोबार
काठमाडौं । बिहीबार सुनको मूल्यमा अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन तोलामा १ हजार २ सय रुपैयाँले बढेर छापावाल सुन १ लाख ७ हजार ५ सय रूपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुनको मुल्य भने १ लाख ७ हजार रूपैयाँ पुगेको छ । बुधवार छापावाल सुनको कारोबार तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा भएको थियो। यसअघि अघिल्लो साता मात्रै पनि सुनले उच्च मुल्यको रेकर्ड कायम गरेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। बुधवार चाँदी प्रतितोला एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १जेनजी विद्रोहीलाई अपराधी करार गर्न खोज्दै छिन् प्रधानमन्त्रीः विप्लव
- २इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
- ३प्रधानमन्त्री कार्कीसँग भेटेपछि चुनावमा जान सबै दल तयार भएकै हुन ?
- ४कुलमानले भने रास्वपाले रणनीतिक उपयोग गर्न खोजेको छ
- ५फागुन २१ को चुनावमा भोट हाल्न पाउने १,८९,०३,६८९ मतदाता



तपाईको कमेन्ट लेख्नुहोस्