नातु नातु’ गीत सहित भारतबाट तीन ओटा ओस्कर मनोनयनमा
नयाँ दिल्ली । ९५ औँ संस्करणको एकेडेमी अवार्ड (ओस्कर) मा भारत तीन ओटा मनोनयनमा पर्न सफल भएको छ । एसएस राजामौलीको ब्लकबस्टर फिल्म आरआरआर बाट नातु नातु गीत, डकुमेन्ट्री फिचर विधामा ‘अल दैट ब्रेथ्स’ र छोटो वृत्तचित्र विधामा ‘द एलिफ्यान्ट व्हिस्परर्स’ मनोनयनमा परेको छ ।
त्यसो त तेलुगु हिट डान्स ट्राक नातु नातुले गोल्डेन ग्लोब जिति सकेको छ । यो सँगै यो गीत गोल्डेन ग्लोब जित्ने पहिलो भारतीय गीत पनि हो । ओस्कारमा फिल्म विधामा भारतको आधिकारिक प्रतिनिधित्व गरेको गुजराती फिल्म छेल्लो शो ९द लास्ट शो० भने अन्तिम पाँचमा पर्न असफल भयो। मार्च १२ मा लस एन्जलसको डल्बी थिएटरमा ओस्कार प्रस्तुत गरिने छ।
यसअघि २०१७ र २०१८ मा अवार्ड शोको नेतृत्व गरिसकेपछि जिमी किमेल यस पटकको ओस्कारमा होस्टको रूपमा फर्किएका छन्। कोभिड१९ को कारणले २०२० र २०२१ मा अवार्ड होस्ट बिहिन सञ्चालन गरिएको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १तोकिएकै समयमा अधिवेशन नहुने कांग्रेसको निष्कर्ष, सक्रिय सदस्यता नटुंगिनु मुख्य कारण
- २बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिलाई मेरो समर्थन रहन्छ
- ३दिनभर काठमाडौं महानगरका मेयर बालेनको सक्रियता,को को गए भेट्न ?
- ४प्रधानमन्त्रीको गुनासोः काम गर्दागर्दै फेन्ट हुने अवस्था छ, तैपनि अहिले छोेड् भोली छोड् भन्छन्
- ५आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्