भारतीय सरकार जम्मु कश्मीरको रूपान्तरणका लागि प्रयासरत
काठमाडौँ— भारत सरकारले जम्मु कश्मीरलाई सबै पक्षमा सुधार गर्नको लागि प्रयास गरिरहेको छ। भारतले जम्मु र कश्मीरका जनताको राम्रो जीवनयापन लागि प्रयासरत रहेको बताइएको छ । केन्द्र शासित प्रदेशका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले भने— प्रशासनले जनतामैत्री शासनको कार्यान्वयन, नयाँ व्यवसाय र उद्योगहरू स्थापना गर्नमा परेका कठिनाइहरूलाई हटाएको छ।
युवाहरूले जम्मू—कश्मीरको उज्ज्वल भविष्य लेखिरहेका छन्। प्रशासनले आर्थिक विकासलाई गति दिन र हाम्रो युवा जनसङ्ख्याको आकांक्षा पूरा गर्न सहयोगी योजना र नीतिहरू बनाउन धेरै कदम चालेको छ,” सिन्हाले भने। ‘जनमैत्री शासनको कार्यान्वयन, नयाँ उद्योग–व्यवसाय स्थापनामा देखिएका कठिनाइलाई हामीले भारतले हटाएको कश्मीर अब्जर्भर रिपोर्ट गरियो। विगत तीन वर्षमा सरकारले गरेको प्रगतिले जनतामा नयाँ आशा र विश्वास दिएको छ। अनुच्छेद ३७० को खारेज पछि केन्द्र शासित प्रदेशले द्रुत प्रगति गरेको छ।
सिन्हाले समाजका प्रत्येक वर्गलाई सशक्तिकरण गर्न सरकारले ल्याएको सुधारलाई जोड दिँदै सबै नागरिक विशेष गरी युवालाई परिवर्तनको संवाहक बनाएर महत्वाकांक्षी समाजलाई समान अवसर प्रदान गरेको बताए । उनको प्रशासनले आतंकवाद र भ्रष्टाचार विरुद्ध निर्णायक र कडा कदम चालेको छ। विकासको द्रुत गति, सुधारिएको सामाजिक–आर्थिक प्रगति, सबै प्राथमिकता क्षेत्रहरूमा सुधार, पर्यटक आगमनले यहाँ विकास र परिवर्तन भइरहेको देखाउँछ– उनले भने ।
पछिल्ला दुई वर्षमा, सरकारले आतंकवादी गतिविधिलाई नियन्त्रण गरेपछि केन्द्र शासित प्रदेशको पर्यटन उद्योग फस्टाएको छ।अधिकांश मानिसहरू श्रीनगर, गुलमर्ग र सोनमर्गमा छुट्टी मनाउन वा फिल्मको सुटिङका लागि जाने भए पनि कश्मीरका धेरै ग्रामीण ठाउँहरुमा अझै सर्वसाधरण गएका छैनन् । बलिउडले अब गुलमर्ग र पहलगामभन्दा बाहिरका नयाँ स्थानहरू सुटिङको लागि नयाँ गतब्य बनाइरहेको टाइम्स अफ इन्डियाले लेखेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
- २सञ्चारमाध्यममा आएपछि जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
- ३काँग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा
- ४असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री
- ५उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ



तपाईको कमेन्ट लेख्नुहोस्