पाकिस्तानको केन्द्रिय बैँकद्वारा आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण
काठमाडौं । बाढीका कारण भएको विनाश र स्थायित्वमा केन्द्रित नीतिलाई ध्यानमा राख्दै पाकिस्तानको केन्द्रिय बैँक स्टेट बैंक अफ पाकिस्तानले जीडीपी दर आर्थिक वर्ष २०२३ मा अझै घट्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०२३ मा जीडीपी ३ देखि ४ प्रतिशत हुने प्रक्षेपण गरिएको थियो ।
केन्द्रिय बैँकद्धारा प्रकाशित वार्षिक प्रतिवेदन २०२१–२२ को द स्टेट अफ इकोनोमी पाकिस्तान अनुसार आर्थिक वर्ष २०२३ मा आर्थिक बृद्धि निकै मध्यम हुने प्रक्षेपण गरिएको हो । आर्थिक वर्ष २०२२ मा ६ प्रतिशतको वृद्धि हासिल गरेको भए पनि आर्थिक वर्ष २३ मा वास्तविक कुल गार्हस्थ्य उत्पादन वृद्धि यसअघि घोषणा गरिएको ३–४ प्रतिशतको दायराभन्दा पनि कम हुने जनाएको छ ।
सरकार र बैँकले आर्थिक वर्ष २३ का लागि लाइएका अर्थतन्त्र सुधारका कार्यक्रमले खासै कुनै उल्लेख्य योगदान गर्न सकेको छैन् । आईएमएफ कार्यक्रम सुचारु भएसँगै वित्तीय खाताको दृष्टिकोणमा पनि सुधार आएको छ । यसको साथै बहुपक्षीय र द्विपक्षीय ऋणदाताहरूबाट बाह्य वित्तपोषण प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
मागको दबाबलाई रोक्नको लागि नीतिगत प्रयासहरू जारी राख्दै, सरकार र बैँकले ले चालु वर्षमा थप सुधारात्मक उपायहरूको घोषणा गरेका छन् । साथै, सरकारले वित्तीय घाटा आर्थिक वर्ष २३ को ७.९ प्रतिशतबाट ४.९ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । यो नतिजा राजस्व र व्यय दुवै उपायहरु मार्फत प्राप्त हुनेछ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #पाकिस्तानको केन्द्रिय बैँक, #बैंक अफ पाकिस्तान
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्