रहेनन् ८२ वर्षीय महान फुटबल खेलाडी पेले

काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेको निधन भएको छ। ८२ वर्षीय पेले केही समय यता मिर्गौला र प्रोस्टेटको उपचार गराइरहेका उनीको निधन भएको हो ।
अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको बीबीसीले उल्लेख गरेको छ । ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान छ।
लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ। पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो।
पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गर्नुभएको छ। उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका छन्। फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो।
क्याटेगोरी : खेलकुद, विदेश, समाचार
ट्याग : #पेलेको निधन, #ब्राजिलका महान फुटबलर
ताजा खबर
- १सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन दवाव
- २इजरायल र इरानका नेपालीलाई परराष्ट्रले भन्यो-बाहिर ननिस्कनू, नेपालबाट त्यता नजानू
- ३बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल, धेरैपछि गगन थापाको पनि इन्ट्री
- ४चक्रे मिलनमाथि खुँडा प्रहारले गयो दिपक मनाङेको सांसद पद
- ५शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
तपाईको कमेन्ट लेख्नुहोस्