Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

क्रोएसियालाई ३–० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा


काठमाडौं । अर्जेन्टिना कतारमा जारी २२ औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक स्टेडियममा बुधबार विहान भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३–० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । अर्जेन्टिना फाइनलमा पुगेको यो छैटौं पटक हो ।

सेमिफाइनलमा कहिल्यै नहारेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो । अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा कप्तान लियोनल मेस्सीले एक गोल गरेका थिए । अर्जेन्टिनाले ३४ औं मिनेटमा पेनाल्टी गोलमार्फत सुरुवाती अग्रता लिएको थियो ।

डिबक्सभित्र क्रोएसियाका गोलरक्षका डोमिनिक लिभाकोभिचले अल्भारेजलाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । जसलाई मेस्सीले सदुपयोग गरेका थिए । विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११औं गोल हो । मेस्सीले यसअघि गाब्रियल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका छन् ।

जारी विश्वकपमा पाँच गोल गरेका मेस्सी गोल्डेन बुटको समेत दौडमा छन् । मेस्सीसँगै गोल्डेन बुटको दौडमा रहेका फ्रान्सका युवा स्टार केलियन एमबाप्पे पाँच र ओलिभर गिरोडले चार गोल गरेका छन् ।​ साविक उपविजेता क्रोएसियाको दोस्रो पटक फाइनल पुग्ने लक्ष्य सफल भएन । अब फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्स र अफ्रिकी देश मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #अर्जेन्टिना, #अर्जेन्टिना फाइनलमा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं