अब जुहारी हैन, जमेर समीक्षा गर्न योगेश भट्टराईको आह्वान
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टीभित्र फैलाइँदै आएको भ्रामक सूचना र घृणायुक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले यस्तो गतिविधि बन्द गर्न आग्रह गर्दै पार्टीभित्र तथ्य र तर्कका आधारमा बहस हुनुपर्ने बताएका हुन् ।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेको शोकको यस्तो घडीमा एक–अर्काप्रति नकारात्मक टिप्पणी तथा घृणाजन्य अभिव्यक्ति गर्नु अशोभनीय भएको उल्लेख गरेका छन्।
पछिल्लो समय पार्टीका माथिल्लो तहका नेताहरूबाट आफूलगायत केही नेताविरुद्ध अनर्गल लाञ्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने र मिथ्या सूचना फैलाउने काम भइरहेको उनको गुनासो छ।
भट्टराईले ‘शरू शर्मा’ नामको नक्कली फेसबुक आइडी यस्ता गतिविधिमा सक्रिय रहेको दाबी पनि गरेका छन् । उनले पार्टीको एकता जोगाउनु, पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नु, गुमेको जनविश्वासलाई पुनः आर्जन गर्नु सबैको प्राथमिक महत्वको कार्यभार भएकाले उपयुक्त समयमा उपयुक्त बिधि र स्थापित प्रक्रियामार्फत तथ्य र तर्कसहित छलफल र बहस गर्न जरूरी भएको बताएका छन् ।
भट्टराईले पार्टी पंक्तिबाटै मिस इन्फरमेसन, डिसइन्फरमेसन र हेट स्पिच अन्त्य हुन जरुरी भएको उल्लेख गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्