समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपा र राप्रपाको बैठक बस्दै
काठमाडौँ । निर्वाचनबाट आरामदायी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज आफ्ना समानुपातिक सांसदहरुको टुंगो लगाउँदैछ ।
पार्टीको सचिवालय बैठक बसेर निर्वाचन आयोगले दिएको कोटा अनुसार सांसदहरु सिफारिस गर्न लागिएको हो । रास्वपाले समानुपातिकमा ५७ सिट जितेको छ, जसमा ४८ जना महिला र ९ जना पुरुष सांसदहरु निर्वाचन गर्नुपर्ने हुन्छ ।
समानुपातिक सांसद छनोटका लागि हिजो सचिवालय वैठक डाकिएको भए पनि सभापति रवि लामिछानेको अस्वस्थताका कारण आजका लागि सारिएको थियो । केहीबेरमा पार्टी कार्यालय घन्टीघरमा बैठक सुरु हुँदैछ ।
राष्ट्रिय मान्यताप्राप्त पाचौँ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समानुपातिक सांसद छान्न आजै कार्यसम्पादन समितिको बैठक डाकेको छ । पार्टी कार्यालयमा ११ बजेदेखि बैठक सुरु हुने महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्