लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित
काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ । नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । शुक्रबार बेलुका भएको हमलाबाट नेपाली शान्ति सैनिकहरु भने सुरक्षित रहेको बताइएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको बताए । लेबनानभर ५०० बढी नेपाली शान्ति सैनिक तैनाथ छन् । त्यहाँको खटनपटन दक्षिण लेबनानमा अवस्थित बटालियन हेडक्वाटरले गर्छ । बटालियन हेडक्वाटर इजरायलसँगको सिमाना नजिक छ ।
त्यहाँको फोर्स कमाण्डर उपरथी मानबहादुर थापा छन् । आक्रमणको बेला सबै शान्ति सैनिकहरु बंकरभित्र रहेकाले सुरक्षित छन् । आक्रमणको समयमा हेडक्वाटरमा कति संख्यामा शान्ति सैनिक थिए भन्ने यकिन भएको छैन ।
‘त्यहाँ अदलीबदली, आउजाउ भइरहन्छ त्यसैले आक्रमणको बेला कति शान्ति सैनिक थिए भन्ने यकिन छैन,’ सैनिक प्रवक्ता बस्नेतले भने । संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव गुटेरेस लेबनान भ्रमणमा रहेका बेला शान्ति सैनिकको क्याम्पमा समेत विस्फोट भएको हो ।
महासचिव गुटेरेसले शान्ति सैनिकलाई समेत निशाना बनाउनु अस्वीकार्य भएको बताए । उनले हाल चर्किएको द्वन्द्व तुरुन्तै रोकिनुपर्ने पनि बताए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्