बारिपोले मेलाको रौनक, स्थानीयको नाचगानले मौलिकता झल्किदै
रुकुमपश्चिम । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर २ मा परम्परागत रुपमा लाग्दै आएको बारिपोले मेला आइतबारबाट सुरु भएको छ । मुसिकोट २ को बारिपोलेमा हरेक वर्षको मंसिर शुक्ल एकादशीमा सुरु भई द्धादशीमा सकिने मेला यो वर्ष सुरु भएको हो ।
बिहान शिद्ध र देवी साइकुमारीको पुजाआजा गरेपछि विधिवत् रुपमा मेला सुरु भएको हो । आज दिनभर पुजाआजा भएको छ भने सोमबार बिहान मन्दिरमा बोकाको बली दिएपछि मेला सुरु हुन्छ ।
मेला आजबाट सुरु भएपनि मुख्य मेला भोली लाग्छ । एक मन र एक चित्तले मन्दिरमा पुजाआजा तथा बली चढाएमा मनोकामना पुरा हुने धार्मिक विश्वास रही आएको छ । मन्दिरमा पुजाआजा तथा मेला भर्नका लागि विभिन्न ठाउँबाट ठूलो संख्यामा दर्शनार्थीहरु पुग्ने गर्दछन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बारिपोले मेला
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्