बारिपोले मेलाको रौनक, स्थानीयको नाचगानले मौलिकता झल्किदै
रुकुमपश्चिम । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर २ मा परम्परागत रुपमा लाग्दै आएको बारिपोले मेला आइतबारबाट सुरु भएको छ । मुसिकोट २ को बारिपोलेमा हरेक वर्षको मंसिर शुक्ल एकादशीमा सुरु भई द्धादशीमा सकिने मेला यो वर्ष सुरु भएको हो ।
बिहान शिद्ध र देवी साइकुमारीको पुजाआजा गरेपछि विधिवत् रुपमा मेला सुरु भएको हो । आज दिनभर पुजाआजा भएको छ भने सोमबार बिहान मन्दिरमा बोकाको बली दिएपछि मेला सुरु हुन्छ ।
मेला आजबाट सुरु भएपनि मुख्य मेला भोली लाग्छ । एक मन र एक चित्तले मन्दिरमा पुजाआजा तथा बली चढाएमा मनोकामना पुरा हुने धार्मिक विश्वास रही आएको छ । मन्दिरमा पुजाआजा तथा मेला भर्नका लागि विभिन्न ठाउँबाट ठूलो संख्यामा दर्शनार्थीहरु पुग्ने गर्दछन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बारिपोले मेला
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्