अफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, १५ सय घाइते
काठमाडौं । अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । तालिवानका नेता हिब्तुल्लाह अखुन्दजादले अहिलेसम्म १ हजार ५०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको जानकारी दिए ।
उद्धारकर्ताहरुले भत्किएका घरमा पुरिएकाहरुको खोजी जारी राखेका छन् । विकट पहाडी क्षेत्रमा भएको क्षतिको विवरण आउन अझै बाँकी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो ।
त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो पछिल्लो २ दशकमा अफगानिस्तानमा गएको खतरनाक भूकम्प हो । तालिवानले शासन गरिरहेको अफगानिस्तानमा खाद्य संकट छ । यो भूकम्पपछि थप संकटको खतरा बढेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अफगानिस्तान, #भूकम्पमा
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्