ललितपुरमा ११ वर्षसम्मका बालबालिकालाई कोभिड बिरुद्धको खोप लगाइने

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले ५ देखि ११ बर्षसम्मका बालबालिकालाई कोभिड –१९ विरुद्धको फाइजर खोप लगाउने भएको छ । स्वास्थ्य कार्यालयले असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
खोप कार्यक्रमको लागि खोप केन्द्र र स्थान निर्धारण गर्ने, लक्षित संख्या निर्धारण गर्ने, जनशक्ति परिचालन गर्नेलगायत तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ६ स्थानीय तहमा ८० हजार ४ सय ९५ जना पाँचदेखि ११ वर्षसम्मका बालबालिका रहेका छन् । यो संख्या विद्यालयमा सुचिकृत भएका आधारमा तय गरिएको हो । यसवाहेक तथ्यांक घटबढ हुन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
ललितपुर महानगरपालिका बाहेक अन्य पालिकामा एक–एक दिनको समय तोकेर कार्यक्रम अघि बढाइने स्वास्थ्य कार्यालय प्रमुख सतिश विष्टले जानकारी दिए । इटाभट्टामा काम गर्ने र विद्यालयको पहुँचमा नरहेका बालबालिकालाई पनि सम्बन्धित पालिकाबाट खोप दिइने छ ।
बालबालिकालाई दिइने फाइजर खोपको लागि अनुगमन समेत गरिने प्रमुख विष्टले बताए। यो खोपको रंग फरक छ, जसका कारण प्रयोग गर्न र चिन्न थाहा हुनेछ,उनले भने, यो खोपको प्याकेट सुन्तला रंगको छ । यो खोपको प्रयोग ९१ प्रतिशत प्रभावकारी मानिएको छ भने अन्य मुलुकमा पनि यसको प्रयोग भइसकेको छ । यो खोप ५ बर्षदेखि ११ उमेर समुहका बालबालिकाबाहेक अन्य उमेर समुहकालाई दिन मिल्दैन ।
जिल्लाभरका बालबालिकालाई पुग्ने खोप छ र यो खोपको दुई मात्रा लगाए मात्रै पुग्ने बताइएको छ । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाइने छ । ललितपुरमा १२ देखि १७ बर्षसम्मका वालबालिकालाई पहिलो र दोस्रो मात्रा खोप लगाइसकिएको छ। उनीहरूलाई छिट्टै बुस्टर डोज खोप दिइने छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, स्वास्थ्य
ट्याग : #५ देखि ११ बर्ष, #जिल्ला स्वास्थ्य कार्यालय ललितपुर, #फाइजर खोप
ताजा खबर
- १पार्टी घोषणाको एकसाता नपुग्दै वामदेव गौतम निष्कासित,लगाइयो ५ गम्भिर आरोप
- २कालिमाटीको स्मृति बचत तथा ऋण सहकारी संस्था भाग्न खोजेपछि पर्यो स्थानीय र प्रहरीको फन्दामा
- ३स्वतन्त्रबाट चुनाव उठ्दा स्नातक अनिवार्य पास,६८ वर्षमाथिलाई निषेध गर्ने गरी बन्यो मापदण्ड
- ४टेवा बहुउद्देश्यीय सहकारीले गर्यो ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान
- ५करिव १८ करोड ठग्ने सहकारी संचालक सिआइबीको फन्दामा
तपाईको कमेन्ट लेख्नुहोस्