ललितपुरमा ११ वर्षसम्मका बालबालिकालाई कोभिड बिरुद्धको खोप लगाइने
काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले ५ देखि ११ बर्षसम्मका बालबालिकालाई कोभिड –१९ विरुद्धको फाइजर खोप लगाउने भएको छ । स्वास्थ्य कार्यालयले असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
खोप कार्यक्रमको लागि खोप केन्द्र र स्थान निर्धारण गर्ने, लक्षित संख्या निर्धारण गर्ने, जनशक्ति परिचालन गर्नेलगायत तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ६ स्थानीय तहमा ८० हजार ४ सय ९५ जना पाँचदेखि ११ वर्षसम्मका बालबालिका रहेका छन् । यो संख्या विद्यालयमा सुचिकृत भएका आधारमा तय गरिएको हो । यसवाहेक तथ्यांक घटबढ हुन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
ललितपुर महानगरपालिका बाहेक अन्य पालिकामा एक–एक दिनको समय तोकेर कार्यक्रम अघि बढाइने स्वास्थ्य कार्यालय प्रमुख सतिश विष्टले जानकारी दिए । इटाभट्टामा काम गर्ने र विद्यालयको पहुँचमा नरहेका बालबालिकालाई पनि सम्बन्धित पालिकाबाट खोप दिइने छ ।
बालबालिकालाई दिइने फाइजर खोपको लागि अनुगमन समेत गरिने प्रमुख विष्टले बताए। यो खोपको रंग फरक छ, जसका कारण प्रयोग गर्न र चिन्न थाहा हुनेछ,उनले भने, यो खोपको प्याकेट सुन्तला रंगको छ । यो खोपको प्रयोग ९१ प्रतिशत प्रभावकारी मानिएको छ भने अन्य मुलुकमा पनि यसको प्रयोग भइसकेको छ । यो खोप ५ बर्षदेखि ११ उमेर समुहका बालबालिकाबाहेक अन्य उमेर समुहकालाई दिन मिल्दैन ।
जिल्लाभरका बालबालिकालाई पुग्ने खोप छ र यो खोपको दुई मात्रा लगाए मात्रै पुग्ने बताइएको छ । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाइने छ । ललितपुरमा १२ देखि १७ बर्षसम्मका वालबालिकालाई पहिलो र दोस्रो मात्रा खोप लगाइसकिएको छ। उनीहरूलाई छिट्टै बुस्टर डोज खोप दिइने छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, स्वास्थ्य
ट्याग : #५ देखि ११ बर्ष, #जिल्ला स्वास्थ्य कार्यालय ललितपुर, #फाइजर खोप
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्