मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले पहिरिन
काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिएकी थिइन् ।
त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो । नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । कोभिड १९ महामारीले अघिल्ला दुई वर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिक रुपमै सम्पन्न भएको हो । द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हो ।
२४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका थिए । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।

क्याटेगोरी : कला र मनोरञ्जन, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #नम्रता श्रेष्ठ, #न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल, #प्रियंका रानी जोशी, #सरिशा श्रेष्ठ
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्