पुर्णचन्द्र केसीको बत्तीपालैमा लोकदोहोरी गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौं । गायक तथा सर्जक पुर्णचन्द्र केसीको लोकदोहोरी गीत बत्ती पालैमा सार्वजनिक भएको छ । आइतबार सुभारम्भ डिजिटल म्युजिकको अफिसियल युटुव च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । गायक तथा सर्जक केसीले बत्ती पालैमा गीतले लोकदोहोरीका पारखीको मन छुने दाबी गरेका छन् ।
पछिल्लो पुस्ताको लागी लक्षित गरी यो गीत बजारमा ल्याइएको उनले बताए । सामाजिक सांस्कृतिक जीवनशैली झल्किने गित केटा र केटी तर्फको दोहोरी हो । सार्वजनिक गरिएको भिडियोमा गायक गायिकाले माला र नेपाली पोशाकमा सजिएका छन् । गीतमा माया पिरती लगायतका बिषय समेटिएको छ ।
गीतमा चन्द्र शर्मा, मिना लामा, पुर्णचन्द्र केसी र टिका सानुले स्वर दिएका छन् । लय खेम सेन्चुरीको रहेको छ भने शब्द पुर्णचन्द्र केसीकै रहेको छ । अभिनय अञ्जली अधिकारी र पुर्णचन्द्र केसी लगायतका कलाकारले गरेका छन् ।
भिडियो
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, भिडियो, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गीत बत्ती पालैमा, #पुर्णचन्द्र केसी
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्