रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमणको निर्णय गरिसकेको दाबी गरेका छन् । अमेरिकी गुप्तचर एजेन्सीको सूचनाका आधारमा आफूले आक्रमणको सम्भावना देखेको बाइडेनको दाबी छ । उनले ट्विटमार्फत् रुसी आक्रमण निकटमा रहेको उल्लेख गरेका छन्।
पश्चिमादेशहरूले रुसले कुनै न कुनै बाहना बनाएर युक्रेनमा आक्रमण गर्न लागेको बताइरहेका छन्। अमेरिकाले रुसले १ लाख ६९ हजारदेखि १ लाख ९० हजार सैनिक युक्रेनी सीमामा परिचालन गरेको बताएको छ। जसमा युक्रेनका स्वघोषित रिपब्लिक डोनस्क र लुहन्स्कका रुस समर्थित लडाकुहरु पनि रहेको अमेरिकी शंका छ।
अमेरिकी राष्ट्रपति बाइडेनले अझै पनि कूटनीतिक समाधानको आशा रहेको पनि बताएका छन्। तर‚ वार्ताका विषयमा भने हालसम्म कुनै पनि तयारी भएको छैन। अमेरिकासहित पश्चिमा देश रुसमाथि एकोहोरो आरोप लगाउँदै आएका छन् भने रुसले आक्रमणको आरोप अस्वीकार गर्दै आएको छ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अमेरिकी राष्ट्रपति जो बाइडेन, #युक्रेनमा आक्रमण
ताजा खबर
- १निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान
- २रविविरुद्ध जाहेरी दिने कृष्णप्रसाद सहकारी ठगीमै पक्राउ, ८२ लाख हिनामिनाको आरोप
- ३कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने तयारी
- ४२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- ५निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश



तपाईको कमेन्ट लेख्नुहोस्