काठमाडौंसहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने,धेरै ठाउँको मौसम धुम्म
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्म भएको छ । धेरै ठाउँमा बादल लागेको छ भने तराईलगायतका केही ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ ।
विहिबार पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । बिहान काठमाण्डौको एयरपोर्ट र त्यस आसपास क्षेत्रमा फाट्टफुट्ट पानी परेको छ । अरु ठाउँमा पनि हल्का पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिए । आज र भोलि पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको छ ।
दिउँसोको समयमा घाम देखिए पनि पारिलो घाम नलाग्ने भएकाले चिसो बढ्ने सम्भावना छ । यस्तै, आज राति पनि प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्ले बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #बाक्लो हुस्सु, #बादल
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्