ललितपुरमा तीन सय ५० पत्रकारले लगाए बुस्टर डोजको खोप
ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखा अन्तर्गत तीन सय ५० पत्रकारले कोरोनाबिरुद्धको बुस्टर डोजको खोप लगाएका छन् । शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा मंगलबार कोरोना बिरुद्धको तेस्रो खोप दिइएको हो ।
पुल्चोकस्थित नेपाल परिवार नियोजन संघको केन्द्रीय कार्यालय र लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पस परिसरमा शाखाका र हाल उपत्यकामा क्रियाशिल रुपमा पत्रकारिता गरिरहेका व्यक्तिलाई तेस्रो मात्राको खोप दिइएको शाखाका सचिव रामहरी कार्कीले जानकारी दिए । क्याम्पस परिसरमा खोप बुधबार र बिहीबार पनि दिइने छ ।
खोप लगाउन आउँदा महासंघले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबैले अनिवार्य लिएर आउन कार्कीले आग्रह गरेका छन् । खोप लगाउन बाँकी भएका पत्रकारलाई तोकिएको स्थानमा उपस्थित हुन सचिव कार्कीले अनुरोध गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #नेपाल पत्रकार महासंघ ललितपुर, #बुस्टर डोज
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्