सुँगुरको मुटु मानिसमा सफलतापूर्वक प्रत्यारोपण
काठमाडौं । अमेरिकाका एक पुरुषमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड ब्यानेटलाई अनुवांशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो।
युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूको टोलीले ७ घन्टा लामो शल्यक्रिया गरी मुटुको प्रत्यारोपण गरेका हुन्। प्रत्यारोपण नै व्यानेटको जीवन रक्षा गर्ने एक मात्रै विकल्प भएको चिकित्सकहरुले बताएका थिए ।
सुँगुरको मुटु प्रत्यारोपणपछि ब्यानेटको दीर्घ जीवन हुन्छ कि हुँदैन अझै निश्चित भएको छैन्। तर, प्रत्यारोपणको तीन दिनमा उनको स्वास्थ्यमा सुधार आएको बताइएको छ।
शल्यक्रिया गर्नु एक दिन अघि ब्यानेटले मर्नु वा प्रत्यारोपण गर्नु एक मात्रै विकल्प आफूसँग भएकाले आफूले प्रत्यारोपणलाई रोजेको बताएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #सुँगुरको मुटु
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्