राजेश पायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले रक्सी राखेर मागे माफी
काठमाडौं । गायक राजेश पायल राईमाथि आक्रमण गर्ने पासाङ दावा शेर्पाले रक्सी सगुन राखेर माफी मागेका छन । उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन्। उनले माफी मागेको भिडिओ सार्वजनिक भएको छ जहाँ दुवै जना खुसी देखिन्छन्। आदिवासी जनजाति समुदायमा कुनै गल्ली गरे भद्रमलाद्मीको उपस्थितिमा रक्सी राखेर माफी माग्ने चलन छ।
यसरी माफी मागे गल्ती गर्नेलाई माफी दिइने गरिन्छ । शेर्पाले आफूले आवेशमा आएर यस्तो गरेको र अबदेखि नगर्ने प्रतिवद्धता गरेका छन्। गायक राईले पनि माफी दिने भन्दा आत्मालोचना गर्ने महान् भएको भन्दै क्षमा दिएका छन्। उनले आफूले पनि माफी दिएको र आफ्ना समर्थकलाई गाली गलौज नगर्न पनि आग्रह गरेका छन ।
शनिबार अमेरिकामा आयोजित नयाँ वर्षको स्वागत कार्यक्रममा गीत गाइरहेका राईमाथि शेर्पाले पछाडिबाट आएर हातपातको प्रयास गरेका थिए। शेर्पाले राईमाथि गरेको आक्रमणको सर्वत्र आलोचना भएको थियो। सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक राई केही दिनमै स्वदेश फर्किँदैछन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राजेश पायल राई
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्