अमेरिकामा डढेलो, हजार घर ध्वस्त, तीन जनाको ज्यान गएको आशंका
काठमाडौं । अमेरिकाको कोलोराडो राज्यको डेनभरको जंगलमा भएको डढेलोबाट करिब हजारभन्दा बढी घर, एउटा होटल र एउटा सपिङ सेन्टर जलेर खरानी भएको बताइएको छ । आसपासका क्षेत्रका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। डेनभरको बाहिरी क्षेत्रमा भएको आगलागीमा तीन जनाको ज्यान गएको आशंका गरिएको छ ।
१६९ किलोमिटर प्रतिघन्टाको हावाको गतिको कारण डढेलो फैलिएको छ । पेलेले डढेलो निकै भीषण भएकाले तत्कालै नियन्त्रण गर्न नसकिने बताए। उद्धार अभियानमा खटिएका डेपुटी सेरिफ र दमकलकर्मीलाई त्यहाँबाट निकाल्नुपरेको थियो। करिब २१ हजार जनसंख्या भएको लुइसभिल शहरलाई खाली गर्न आदेश दिइएको छ।
यसअघि करिब १३ हजार जनसंख्या भएको सुपिरियर नगरलाई खाली गर्न आदेश दिइएको थियो। डेनभरको उत्तरपश्चिममा लगभग ३२ किलोमिटरको दूरीमा अवस्थित छन्। कोलोराडोको जंगलमा बिहीबारदेखि आगलागी शुरु भएको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्