दक्षिण कोरियामा जन्मदर घट्दा जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता
काठमाडौं । दक्षिण कोरियामा जन्मदर निरन्तर घट्दो क्रममा देखिएको छ । कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुको सङ्ख्या २० हजार ७ सय ३६ थियो । यो एक वर्ष पहिलेको भन्दा ५ दशमलव २ प्रतिशतले कमी आएको हो ।
सन् १९८१ मा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो । यस वर्षको पहिलो १० महिनामा नवजात शिशुहरूको सङ्ख्या दुई लाख २४ हजार २ सय १६ रहेको थियो । यो सङ्ख्या गएको वर्षभन्दा ३ दशमलव ६ प्रतिशतले कमी हो।
विवाहमा ढिलाइले बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको सङ्ख्या कम हुँदै गएको छ । पछिल्लो सार्वजनिक तथ्याङ्क अनुसार जन्मदरमा आएको निरन्तरको कमीले दक्षिण कोरियामा जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता समेत बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #दक्षिण कोरिया
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्