दक्षिण कोरियामा जन्मदर घट्दा जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता
काठमाडौं । दक्षिण कोरियामा जन्मदर निरन्तर घट्दो क्रममा देखिएको छ । कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुको सङ्ख्या २० हजार ७ सय ३६ थियो । यो एक वर्ष पहिलेको भन्दा ५ दशमलव २ प्रतिशतले कमी आएको हो ।
सन् १९८१ मा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो । यस वर्षको पहिलो १० महिनामा नवजात शिशुहरूको सङ्ख्या दुई लाख २४ हजार २ सय १६ रहेको थियो । यो सङ्ख्या गएको वर्षभन्दा ३ दशमलव ६ प्रतिशतले कमी हो।
विवाहमा ढिलाइले बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको सङ्ख्या कम हुँदै गएको छ । पछिल्लो सार्वजनिक तथ्याङ्क अनुसार जन्मदरमा आएको निरन्तरको कमीले दक्षिण कोरियामा जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता समेत बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #दक्षिण कोरिया
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्