मलेसियामा बाढीका कारण १४ जनाको मृत्यु,७० हजार भन्दा धेरै विस्थापित
काठमाडौं । मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । केही दिनदेखि निरन्तर वर्षाका कारण आएको बाढीले ठूलो जनधनको क्षति गरेको हो । बाढीका कारण ७० हजारभन्दा धेरै नागरिक विस्थापित भएका छन् ।
बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यसबाहेक अरु सात वटा प्रान्त बाढीबाट बढी प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ ।
उद्धारकर्ता तथा सरकारी निकायले विस्थापितलाई राहत तथा पुनर्स्थापनका लागि सहयोग वितरण भइरहेको छ । बाढीका कारण सडक, विद्युत, सञ्चारलगायतका अत्यावश्यक सेवा समेत प्रभावित भएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #मलेसियामा बाढी
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्