फिलिपिन्समा आँधीबाट हजारौं विस्थापित
काठमाडौं । दक्षिणी फिलिपिन्समा तीव्र गतिमा आएको आँधीका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । राइ नाम दिइएको सो आँधी जमिनमा ठोकिनुअघि हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा सारिएको हो ।
आँधी आउनुअघि मिन्डानाओको सुरिगाओबाट ५१ हजार, पूर्वी प्रान्त समारबाट ३० हजार र दक्षिणी तटीय शहर तानडागबाट ४ हजार परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । तीव्र रुपमा विकसित आँधी मध्य फिलिपिन्स र दक्षिणी सुरिगाओ प्रान्ततर्फ बढिरहेको त्यहाँको मौसम विभागले जनाएको छ ।
१ सय ६५ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढिरहेको आँधीका कारण फिलिपिन्समा १ करोड ३० लाख मानिस प्रभावित हुने अनुमान संयुक्त राष्ट्रसंघले गरेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्