फिलिपिन्समा आँधीबाट हजारौं विस्थापित
काठमाडौं । दक्षिणी फिलिपिन्समा तीव्र गतिमा आएको आँधीका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । राइ नाम दिइएको सो आँधी जमिनमा ठोकिनुअघि हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा सारिएको हो ।
आँधी आउनुअघि मिन्डानाओको सुरिगाओबाट ५१ हजार, पूर्वी प्रान्त समारबाट ३० हजार र दक्षिणी तटीय शहर तानडागबाट ४ हजार परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । तीव्र रुपमा विकसित आँधी मध्य फिलिपिन्स र दक्षिणी सुरिगाओ प्रान्ततर्फ बढिरहेको त्यहाँको मौसम विभागले जनाएको छ ।
१ सय ६५ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढिरहेको आँधीका कारण फिलिपिन्समा १ करोड ३० लाख मानिस प्रभावित हुने अनुमान संयुक्त राष्ट्रसंघले गरेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्