बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्स अमेरिकी कूटनीतिज्ञहरूले बहिष्कार गर्ने
काठमाडौं । सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सलाई अमेरिकाले कूटनीतिक रूपमा बहिष्कार गर्ने भएको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको छ । तर, उसले अमेरिकी खेलाडीहरू भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ ।
गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमवार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलिम्पिक्सको उत्सव मा योगदान नगर्ने बताइन्। साकीले अमेरिकी सरकारले यो क्षणका लागि प्रशिक्षण गरिरहेका खेलाडीहरूलाई दण्डित गर्नु सही कदम नहुनेुु तर २०२२ का खेलहरूमा आधिकारिक अमेरिकी प्रतिनिधिमण्डल नपठाउनुले स्पष्ट सन्देश दिन सक्ने महसुस गरेको बताएको बीबीसीले बताएको छ ।
अमेरिकाले सन् २०२८ मा लस एन्जलसमा ओलिम्पिक्स आयोजना गर्दैछ। चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई नाङ्गो राजनीतिक उक्साहटपूर्ण कार्युको सङ्ज्ञा दिँदै उक्त कार्य चिनियाँ जनताविरुद्ध अपराध ठहरिने यसअघि नै बताइसकेको छ । वाशिङ्टनस्थित चिनियाँ दूतावासले बहिष्कारलाई एक कपटपूर्ण कार्य र राजनीतिक पहलको सङ्ज्ञा दिँदै प्रतियोगिताको सफलतामा यसले कुनै असर नपार्ने जनाएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #कूटनीतिक रूपमा बहिष्कार, #चीनको राजधानी बेइजिङ
ताजा खबर
- १मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- २कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
- ३प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- ४सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ५नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने



तपाईको कमेन्ट लेख्नुहोस्