रुकुमपश्चिमको मुसीकोटमा जन्ती बस दुर्घटना हुँदा २५ जना घाइते
काठमाडौं । रुकुम पश्चिमको मुसीकोट नगरपालिका २ को बरेलीबजार नजिकै जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर २ को पिपलमा जन्ति लिएर गई मुसीकोट नगरपालिका १ को घिमाने तर्फ फर्किदै गरेको ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको हो ।
घाईतेलाई उद्धार गरेर जिल्ला अस्पताल सल्लेमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पानी परेका कारण सडक चिप्लो भएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । बस सडकबाट १ सय मिटर तल खसेकाे छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्