दिल्लीमा सर्बोच्चको सुझावः प्रदूषणको मात्रा बढेकाले लकडाउन गर

काठमाडौं । भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा प्रदुषणलाई लिएर दुई दिन लकडाउन गर्न सुझाव दिएको छ । केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा बढेको भन्दै न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले सुझाव दिएको हो । भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डी वाई चन्द्रचुडा र सूर्यकान्तको इजलासले सुझाव दिएको हो ।
हावाको गुणस्तर मापक सूचकाङ्कलाई कम्तीमा दुई सयमा झार्नु पर्ने र त्यसको लागि दुई दिने लकडाउन एउटा उपाय हुन सक्ने भनिएको समाचार संस्था एएनआईले जनाएको छ । तर, दीर्घकालीन रुपमा समस्याको समाधान गर्ने उपायको खोजी गर्न तथा अति प्रदूषण भएकाले बालबालिकालाई विद्यालय तथा घरबाहिर निस्कन दिनेबारेमा पनि पुनर्विचार गर्नुपर्नेतर्फ अदालतले ध्यानाकर्षण गराएको छ ।
सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँ प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरिएको छ । भारतमा प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको ज्यान जाने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #भारतको सर्वोच्च अदालत
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्