बाछिटा कृति ” अक्षता ” र “अक्षय बजारमा
काठमाडौं । साहित्यको नविनतम काव्य प्रविधा शर्मिला तिमल्सिनाको अक्षता र अम्बिका धितालको अक्षय बाछिटा कृति बजारमा आएको छ । बछिटा प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा भुगोल साहित्य समाजको प्रङ्गणमा आइतबार उक्त कृति विमोचन गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रा .डा पौडेलले एघार अक्षरको संरचनामा निर्माण भएको बाछिटा विधालाई प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित गर्न पहल गर्ने बताए । बाछिटा प्रवर्तक अमर त्यागीले बाछिटा विधा शुरु भएको छोटो समयमा नै आशा गरे भन्दा बढि बाछिटाकारहरुको उदय भएको र सो विधा प्रतिकात्मक र बिम्बात्मक हुनु पर्ने बताएका छन् ।
अक्षता कृतिका स्रष्टा शर्मिला तिमल्सिनाले बाछिटा लेख्ने महिलाहरुको संख्या बढि भए पनि कृति समावेशमा भने महिलालाई शून्य सिटमा समेत राखिएको तीतो यथार्थ र उपल्लो दर्जामा समेत महिला न्यून रहेकोमा दुःख व्यक्त गर्दै कानुनले उपलब्ध गराएको कोटा समावेश गर्दै महिलाहरुलाई साहित्य र विविध पक्षमा समेत उत्थान गर्नु पर्ने बताइन् । समारोहमा शेष पौडेल,नारायण गैरे,चेतनाथ धमला , खगेन्द्र बस्याल,विष्णु भट्टराइले आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : जीवनशैली, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- २कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
- ३प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- ४सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ५नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने



तपाईको कमेन्ट लेख्नुहोस्