बाछिटा कृति ” अक्षता ” र “अक्षय बजारमा

काठमाडौं । साहित्यको नविनतम काव्य प्रविधा शर्मिला तिमल्सिनाको अक्षता र अम्बिका धितालको अक्षय बाछिटा कृति बजारमा आएको छ । बछिटा प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा भुगोल साहित्य समाजको प्रङ्गणमा आइतबार उक्त कृति विमोचन गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रा .डा पौडेलले एघार अक्षरको संरचनामा निर्माण भएको बाछिटा विधालाई प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित गर्न पहल गर्ने बताए । बाछिटा प्रवर्तक अमर त्यागीले बाछिटा विधा शुरु भएको छोटो समयमा नै आशा गरे भन्दा बढि बाछिटाकारहरुको उदय भएको र सो विधा प्रतिकात्मक र बिम्बात्मक हुनु पर्ने बताएका छन् ।
अक्षता कृतिका स्रष्टा शर्मिला तिमल्सिनाले बाछिटा लेख्ने महिलाहरुको संख्या बढि भए पनि कृति समावेशमा भने महिलालाई शून्य सिटमा समेत राखिएको तीतो यथार्थ र उपल्लो दर्जामा समेत महिला न्यून रहेकोमा दुःख व्यक्त गर्दै कानुनले उपलब्ध गराएको कोटा समावेश गर्दै महिलाहरुलाई साहित्य र विविध पक्षमा समेत उत्थान गर्नु पर्ने बताइन् । समारोहमा शेष पौडेल,नारायण गैरे,चेतनाथ धमला , खगेन्द्र बस्याल,विष्णु भट्टराइले आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : जीवनशैली, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्