बन्द भएको करिब २ वर्षपछि ईपीएस भाषा परिक्षा खुल्दै
काठमाडौं । कोरोना महामारीका कारण झण्डै २ वर्षदेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) खुल्ने भएको छ । कोरोना महामारी रोकथामका लागि भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो नोभेम्बर अर्थात् मंसिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने जनाएको छ ।
कोरियाको श्रम मन्त्रालयका अनुसार ईपीएसमार्फत कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम हप्ता सुरु हुन लागेको हो । ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका छन् । तर, कोरोना महामारी सुरु भएसँगै सम्पूर्ण प्रक्रिया रोकिएको थियो ।
विदेशी कामदार नजाँदा त्यहाँको कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव हुन थालेको छ । अहिले कोरिया सरकारले त्यहाँका ८० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेको र ७५.५ प्रतिशतले खोपको पुरै मात्रा लगाएको भन्दै कोरोना रोकथामका लागि बनाइएको प्रतिबन्धलाई खुकुलो बनाउँदै लगेको छ । इपिएस भाषा परिक्षाको तयारी गरिरहेका नेपालीहरु पनि समस्यामा पर्दै आएका थिए ।
क्याटेगोरी : अर्थ, विदेश, समाचार
ट्याग : #रोजगार अनुमति प्रणाली (ईपीएस) खुल्ने
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्