भाईमसला २० प्रतिशतसम्म महंगो, फुलमालामा समेत मनलाग्दी भाउ
काठमाडौं । भाइमसला र फूलको खपत तिहारका बेला उल्लेख्य मात्रामा हुन्छ । धेरै खपत हुने भाईमसला यो बर्ष झनै महंगिएको पाइएको छ । खुद्रा व्यापार संघले गत बर्षको तुलनामा यो बर्ष भाईमसला २० प्रतिशतसम्म महंगिएको जानकारी दिएको हो । जुन बेला जुन वस्तुको खपत र माग उच्च हुन्छ त्यसै बेला व्यापारीहरुले मूल्य बढाएर उपभोक्तालाई मारमा पार्ने गरेका छन् ।
संघको तथ्याकंले नै गत वर्ष १४ सय प्रतिकेजीमा विक्रि भएको काजु यस वर्ष प्रतिकेजी १४ सय ५० देखि १५ सयसम्म विक्रि भएको देखाएको छ । पिस्ता १६ सय ५० बाट किलोमै १ सय ५० ले वृद्धि भई १८ सय पुगेको पाइएको छ । किसमिस प्रतिकेजी ४ सय ५० बाट १ सयले बढेर ५ सय ५० मा कारोबार भैरहेको छ ।
गत वर्ष ४ सय ५० मा किनबेच भएको नरिवल किलोको ५ सयसम्म पुगेको छ । खुद्रा व्यापार संघले चाडबाडको बेला सिजनल व्यापार बढी हुने र यस्तो बेला ठूला व्यापारीले नै महंगी बढाएर नाफाको मौका छोप्ने गरेको आरोप लगाएको छ । यता, खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रमान बज्राचार्य बजारको अनियन्त्रित मुल्यबृद्धी रोक्न प्रभावकारी अनुगमन हुनुपर्ने बताउँछन् ।
तिहारमा बढी खपत हुने मिठाई, फूल मालाको मूल्य आकासिएपछि उपभोक्ताहरु मारमा परेका छन् । बजारमा मूल्यवृद्धि, गुणस्तर लगायत कायम राख्न अनुगमन गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नै यति नै बेला कार्यकारी नेतृत्व अभाव झेलिरहेको छ । वाणिज्यको मौसमी अनुगमन मात्रैले बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण सम्भव छैन । यसका लागि उपभोक्ता सचेत बन्नुका साथै सरकारको नियमनकारी संयन्त्र चुस्त हुन आवश्यक छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #फूलको खपत, #भाइमसला
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्