काठमाडौं उपत्यकामा झिलीमिली, लक्ष्मी पुजाले उज्यालो शहर
काठमाडौं । यतिबेला तिहारको झिलीमिलीले सबैको घर चम्किएको छ । सबैका घर झिलीमिली बत्तीको उज्यालोमा सजिएका छन् । तर यी सबै सजावटमा मुलुकले ठूलो रकम विदेश पठाउने गरेको छ । उत्पादनभन्दा पनि आयातमुखी अर्थतन्त्रका कारण चाडवाडमा समेत विदेशी सामाग्री प्रयोग गर्नु नेपालीको बाध्यता बन्दै आएको छ । धनकी देवीको पुजा आराधनामा स्वदेशको धनलाई विदेश पठाउनु नपर्ने विकल्पको खोजी भने अहिलेसम्म हुन सकेको छैन ।
हिन्दू नेपालीहरुको दोस्रो महान चाड, सबैको घरघरमा उज्यालो छाइसकेको छ । विशेषतः झिलीमिली बत्तीले घर, कार्यालय र विभिन्न संघ, संस्थाहरुलाई सजाइएका छन् । बजारमा दियोको सट्टा विद्युतीय दियोको प्रयोग बढेको छ । तर जे जति विद्युतीय सामाग्री प्रयोग गरिन्छ ती सबै छिमेकी देश चीन र भारतबाट आयात भइरहेका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार तिहारमा ८० प्रतिशत विद्युतीय सामान चीनबाट र बाँकी २० प्रतिशत सामान भारतबाट आयात गरिन्छ ।
नेपालीले मनाइरहेको चाडमा उज्यालो पार्न विदेशीलाई पैसा बुझाउन बाध्य बन्नु पर्दा त्यसले देशलाई घाटा गरिरहेको छ भन्ने पनि बुझ्नु पर्छ । कोरोनाका कारण बजारमा तिहारका लागि प्रयोग हुने विद्युतीय सामाग्री आयातमा भने कटौती भएको छ । तिहारका लागि मात्रै वार्षिक ५० करोड रुपैयाँसम्म विद्युतीय सामाग्रीको कारोबार हुने गरेको महासंघको तथ्याँकमा उल्लेख छ ।
अब सम्भावना भएका क्षेत्रबाट विदेशमा पैसा बुझाउने अवस्थाको अन्त्य गर्न, डलर बचत गर्न, रोजगारी सिर्जना गर्न सरकारले व्यवसायीलाई उत्पादनमुलक कार्यमा प्रोत्साहन गर्नुपर्ने व्यवसायीको माग छ । नेपालमा विद्युतीय सामाग्रीमा ३० प्रतिशत आत्मनिर्भरताको अवस्था रहेको व्यवसायीको तथ्याँकमा उल्लेख छ ।
क्याटेगोरी : अर्थ, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #तिहारको झिलीमिली
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्