कांग्रेसको केन्द्रीय समितिको बैठक दुई दिन सर्यो
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ । असोज २६ का लागि बोलाइएको बैठक दुई दिन पर सारेर २८ असोजमा बोलाइएको हो ।
केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार कार्यसम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समितिको बैठकको मिति सारिएको हो ।
कार्यसम्पादन समितिका सदस्यहरूको बोल्ने क्रम सकिएको तर केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा बारे निर्णय लिन आइतबार पनि कार्यसम्पादन समितिको बैठक बस्ने घिमिरेले जानकारी गराए ।
बुधबारदेखि बोलाइएको शीर्ष नेताको बैठकमा हिजोदेखि कार्यसम्पादन समितिका सदस्यहरू पनि डाकिएको थियो । हिजो र आज गरेर सबैको बोल्ने क्रम सकिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्