सन् २०७० सम्ममा कार्बन उत्सर्जनलाई ‘नेट जिरो’ बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणा
काठमाडौं । भारतले सन् २०७० सम्ममा कार्बन उत्सर्जनलाई नेट जिरो बनाउने अर्थात् जति उत्सर्जन गर्यो उति नै परिमाणमा नवीकरणीय उर्जाहरूको प्रयोग गरेर सम्भावित उत्सर्जन जोगाउने अवस्थामा पुर्याउने प्रतिबद्धता गरेको छ ।
कोप–२६ सम्मेलनले भने देशहरूलाई यो लक्ष्य सन् २०५० सम्ममा हासिल गर्न सिफारिस गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्गोमा घोषणा गरेको नेट जिरोको यो नयाँ लक्ष्य भारतले जनाएको पहिलो प्रतिबद्धता हो । नेट जिरोु अर्थात् कार्बन न्युट्रल बन्ने भन्नुको अर्थ वायुमण्डलमा हरितगृह ग्यासको मात्रा नथप्नु भन्ने हो ।
चीनले भने सन् २०६० सम्ममा कार्बन न्युट्रलु बनाउन आफ्ना योजनाहरू घोषणा गरेको छ । अमेरिका र युरोपेली सङ्घले भने त्यो अवस्थामा सन् २०५० भित्रै पुग्ने लक्ष्य राखेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #भारतका प्रधानमन्त्री नरेन्द्र मोदी
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्