सन् २०७० सम्ममा कार्बन उत्सर्जनलाई ‘नेट जिरो’ बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणा
काठमाडौं । भारतले सन् २०७० सम्ममा कार्बन उत्सर्जनलाई नेट जिरो बनाउने अर्थात् जति उत्सर्जन गर्यो उति नै परिमाणमा नवीकरणीय उर्जाहरूको प्रयोग गरेर सम्भावित उत्सर्जन जोगाउने अवस्थामा पुर्याउने प्रतिबद्धता गरेको छ ।
कोप–२६ सम्मेलनले भने देशहरूलाई यो लक्ष्य सन् २०५० सम्ममा हासिल गर्न सिफारिस गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्गोमा घोषणा गरेको नेट जिरोको यो नयाँ लक्ष्य भारतले जनाएको पहिलो प्रतिबद्धता हो । नेट जिरोु अर्थात् कार्बन न्युट्रल बन्ने भन्नुको अर्थ वायुमण्डलमा हरितगृह ग्यासको मात्रा नथप्नु भन्ने हो ।
चीनले भने सन् २०६० सम्ममा कार्बन न्युट्रलु बनाउन आफ्ना योजनाहरू घोषणा गरेको छ । अमेरिका र युरोपेली सङ्घले भने त्यो अवस्थामा सन् २०५० भित्रै पुग्ने लक्ष्य राखेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #भारतका प्रधानमन्त्री नरेन्द्र मोदी
ताजा खबर
- १एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन
- २१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
- ३अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा
- ४एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- ५मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्