आइतबार शेयर बजार परिसूचक नेप्से बढ्यो
काठमाडौं । अघिल्लो सातादेखि बढ्न सुरु गरेको शेयर बजार परिसूचक नेप्से बढ्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । नेप्से ५५ दशमलव पाँच शुन्य अंकले बढेर २ हजार ८ सय ३७ दशमलव छ एक अंकमा पुगेको छ ।
बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९ दशमलव चार छ अंकले बढेको छ । नेप्से उच्च अंकले बढेपनि बजारमा क वर्गका परिसूचकको अधिकाँश हिस्सा ओगट्ने वाणिज्य बैंक समूहको परिसूचकमा भने गिरावट आएको छ । बाँकी सबै समूहको परिसूचकमा सुधार आएको छ ।
आइतबार बजारमा २ सय ३२ कम्पनीका १ अर्ब ३८ करोड ९९ हजार ३ सय २२ कित्ता शेयर ८१ हजार ९ सय ३५ पटक खरिदबिक्री हुँदा ७ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा दुई दर्जन कम्पनीका लागनीकर्ताले आठ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #शेयर बजार परिसूचक नेप्से
ताजा खबर
- १निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान
- २रविविरुद्ध जाहेरी दिने कृष्णप्रसाद सहकारी ठगीमै पक्राउ, ८२ लाख हिनामिनाको आरोप
- ३कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने तयारी
- ४२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- ५निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश



तपाईको कमेन्ट लेख्नुहोस्