आइतबार शेयर बजार परिसूचक नेप्से बढ्यो
काठमाडौं । अघिल्लो सातादेखि बढ्न सुरु गरेको शेयर बजार परिसूचक नेप्से बढ्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । नेप्से ५५ दशमलव पाँच शुन्य अंकले बढेर २ हजार ८ सय ३७ दशमलव छ एक अंकमा पुगेको छ ।
बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९ दशमलव चार छ अंकले बढेको छ । नेप्से उच्च अंकले बढेपनि बजारमा क वर्गका परिसूचकको अधिकाँश हिस्सा ओगट्ने वाणिज्य बैंक समूहको परिसूचकमा भने गिरावट आएको छ । बाँकी सबै समूहको परिसूचकमा सुधार आएको छ ।
आइतबार बजारमा २ सय ३२ कम्पनीका १ अर्ब ३८ करोड ९९ हजार ३ सय २२ कित्ता शेयर ८१ हजार ९ सय ३५ पटक खरिदबिक्री हुँदा ७ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा दुई दर्जन कम्पनीका लागनीकर्ताले आठ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #शेयर बजार परिसूचक नेप्से
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्