चीनमा कोरोना भाइरसविरूद्ध बुस्टर डोज दिन शुरु, बनायो प्रान्तहरूमा फरक–फरक मापदण्ड
काठमाडौं । चीनमा ६ महिना अघि कोरोना भाइरसविरूद्ध दुबै डोज खोप लगाएकाहरूलाई बुस्टर डोज अर्थात तेस्रो डोज दिन शुरु गरिएको छ । झण्डै ८० प्रतिशत जनसंख्यालाई दुवै डोज खोप लगाइसकेको चीनले खोप लगाएकाहरुमा प्रतिरक्षा क्षमता घट्दै गएकाले बुस्टर डोज लगाउन थालेको हो ।
बुस्टर डोजका लागि चीनका विभिन्न प्रान्तहरूमा फरक–फरक मापदण्ड तय गरिएको छ । कुनै प्रान्तमा दोस्रो डोज लगाईसकेका सवैलाई बुस्टर डोज दिइएको छ भने कुनै प्रान्तमा ६० वर्षमूनि र संवेदनशील समूहका व्यक्तिहरूलाई मात्र बुस्टर डोज दिन थालिएको छ । चीनले आफ्नो देशमा बनेको खोप मात्र लगाउँदै आएको छ ।
चीनले आफ्ना नागरिकलाई बुस्टर डोज लगाउन थालेकाले चिनियाँ खोप लगाएका अन्य देशका नागरिकका लागि पनि बुस्टर डोज आवश्यक देखिएको छ । चीनले अहिलेसम्म १ अर्ब ३० करोड डोज भ्याक्सिन विभिन्न मुलुकलाई बेचेको छ भने ८ करोड १० लाख डोज अनुदानमा दिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #बुस्टर डोज
ताजा खबर
- १पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित
- २ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र
- ३आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम
- ४सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट (तस्बिरसहित)
- ५क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ



तपाईको कमेन्ट लेख्नुहोस्