चीनमा कोरोना भाइरसविरूद्ध बुस्टर डोज दिन शुरु, बनायो प्रान्तहरूमा फरक–फरक मापदण्ड
काठमाडौं । चीनमा ६ महिना अघि कोरोना भाइरसविरूद्ध दुबै डोज खोप लगाएकाहरूलाई बुस्टर डोज अर्थात तेस्रो डोज दिन शुरु गरिएको छ । झण्डै ८० प्रतिशत जनसंख्यालाई दुवै डोज खोप लगाइसकेको चीनले खोप लगाएकाहरुमा प्रतिरक्षा क्षमता घट्दै गएकाले बुस्टर डोज लगाउन थालेको हो ।
बुस्टर डोजका लागि चीनका विभिन्न प्रान्तहरूमा फरक–फरक मापदण्ड तय गरिएको छ । कुनै प्रान्तमा दोस्रो डोज लगाईसकेका सवैलाई बुस्टर डोज दिइएको छ भने कुनै प्रान्तमा ६० वर्षमूनि र संवेदनशील समूहका व्यक्तिहरूलाई मात्र बुस्टर डोज दिन थालिएको छ । चीनले आफ्नो देशमा बनेको खोप मात्र लगाउँदै आएको छ ।
चीनले आफ्ना नागरिकलाई बुस्टर डोज लगाउन थालेकाले चिनियाँ खोप लगाएका अन्य देशका नागरिकका लागि पनि बुस्टर डोज आवश्यक देखिएको छ । चीनले अहिलेसम्म १ अर्ब ३० करोड डोज भ्याक्सिन विभिन्न मुलुकलाई बेचेको छ भने ८ करोड १० लाख डोज अनुदानमा दिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #बुस्टर डोज
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्