खाद्य संस्थानले ल्याएका खसी बोकाको बिक्री सुरु
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि शनिबारदेखि खसीबोका बिक्री सुरु गरेको छ। खाद्यको थापाथलीमा रहेको प्रधान कार्यालयबाट खसीबोका बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए ।
विहानसम्म मकवानपुर र दाङबाट गरी ५ सय ३० खसीबोका काठमाडौं ल्याइएको छ । जसमध्ये २ सय १ मकवानपुरबाट र बाँकी दाङबाट ल्याइएको हो । अरु खसीबोका पनि बिस्तारै ल्याउने उनले बताए । यो वर्षको दशैँमा खाद्यले दाङबाट ८ सय र मकवानपुरबाट एक हजार दुई सय खसीबोका ल्याउनेछ । खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसीबोका खरिद गरेको छ ।
खाद्यले बेच्ने मूल्य भने प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । गएको वर्ष खाद्यले ५ सय ५० रुपैयाँमा बिक्री गरेको थियो । गतबर्षको तुलनामा यसपालि उपभोक्तालाई ९० रुपैयाँ महँगो पर्ने भएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #खसीबोका बिक्री सुरु
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्