श्री एयरलाइन्सको जहाज ट्याक्सी वे छाडेर चिप्लिएर घाँसे मैदानमा पुग्यो
काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि यात्रुलाई सकुशल ओरालिएको छ ।
जहाज स्टार्ट गरेर अघि बढाउने क्रममा ट्याक्सी वेबाट घाँस भएतिर गएको प्रत्यक्षदर्शीले बताएका छन् । भर्खरै प्राप्त तस्बिरमा जहाज ट्याक्सी वेबाट घाँसे मैदानतिर मोडिएपछि आपतकालीन संकेत दिइएको थियो ।
जहाज क्याप्टेन महेश्वरी डंगोलले चलाएकी थिइन् । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ । जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #त्रिभुवन विमानस्थल, #श्री एयरलाइन्सको जहाज
ताजा खबर
- १मनकामनाबाट फर्केको माइक्रो दुर्घटना, ६ जनाको मृत्यु
- २एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)
- ३कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- ४ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ५दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान



तपाईको कमेन्ट लेख्नुहोस्