एमाले उपाध्यक्ष गौतमको प्रस्तावःसरकारले सबै जमिन किनेर आफ्नो बनाउनुपर्छ
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सबै भूमि सरकारले खरिद गर्नुपर्ने र आफ्नो स्वामित्वमा लिनुपर्ने बताएका छन् । उनले राष्ट्रिय सभाको आइतबारको बैठकमा आयोग बनाएर सुकुम्बासी समस्या समाधान गर्न नसकिने भन्दै नयाँ प्रस्ताव अघि सारेका हुन् । गौतमले भने सरकारले सबै जमिन चलनचल्तीको मूल्यमा किनेर आफ्नो बनाओस्। जमिनमा सरकारको अधिकार हुने गरेको र त्यस कारणले नै अधिग्रहण गर्न सक्ने भएपनि जमिन व्यक्तिको सम्पत्ति भएको हुनाले अब विकल्प दिनुपर्ने छ ।
जमिन व्यक्तिको सम्पत्तिको रूपमा रहेको र त्यसलाई संविधानले मौलिक हकका रूपमा राखेको हुनाले अब नयाँ किसिमले अगाडि बढ्नुपर्ने गौतमको भनाई छ । सरकारले जमिन किन्न सक्नुपर्ने र त्यसमा कृषि लगायतका सामग्रीको उत्पादन गरेर मुलुकको माग पूरा गर्ने र बाहिर निर्यात गर्नुपर्ने गौतमको सुझाव थियो । सरकारले व्यक्तिगत स्वामित्वमा गएको जमिनलाई किनेर आफ्नो स्वामित्वमा ल्याउनुपर्छ गौतमले थपे । रगत पसिना बगाएर कमाएको पैसाबाट लिएको जमिन छ ।
त्यसलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्ने र त्यसलाई लिजमाा लिने हो । कहाँ नेर कसरी सदुपयोग गर्ने हो भन्ने ठाउँमा नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न सक्दैनौं । भूमिहीन र सुकुम्बासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं, उनले भने । यसरी भूमि सुधारको कार्यक्रम लागू गर्न सकिने पनि गौतमको दाबी छ ।
गौतमले २०५१ सालमा तत्कालीन सरकारले सुकुम्बासी आयोग बनाएको तर त्यतिबेलाका २० लाख घरबारविहीन भएकामध्ये २ लाखलाई मात्रै जमिन वितरण गरेको बताए । त्यसपछि पनि भूमिहीनका लागि बनेका आयोगले काम गर्न नसकेको गौतमको भनाइ थियो ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #वामदेव गौतम
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्