शनिबारदेखि लामो तथा मध्यम दुरीमा सार्वजनिक यातायात सञ्चालनमा, बसपार्कमा भेटिदैनन् यात्रु
काठमाडौं । निषेधाज्ञा लागू भएपछि बन्द रहेका लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौले स्वास्थ्य मापदण्ड पुर्याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।
विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सवारी लामो दूरीका सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्ने सूचना जारी गरेको थियो।महंगो भाडा तिर्नुपरेको गुनासो बढिरहँदा प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न यात्रुलाई आग्रह पनि गरेको छ ।
यसअघि निषेधाज्ञाको समयमा समेत लामो दूरीका सार्वजनिक सवारी साधन चलेका भएपनि दोब्बर भन्दा बढी भाडा तिर्नुपर्ने बाध्यतामा यात्रुहरु थिए । यसअघि नै गृह मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालनासहित मध्यम तथा लामो दुरीका यातायातका साधन सञ्चालनका लागि भन्दै सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो । यातायात सञ्चालनमा आएपनि बसपार्कमा भने यात्रुहरु पाउनै मुस्किल परेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #बसपार्क, #लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्