पछिल्लो २४ घण्टामा २,४४५ जनामा कोरोना संक्रमण, ३२ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७ सय ५१ जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७ सय ४३ जना पुगेको छ ।
यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३ सय ३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५ सय ८२ पुगेको छ । हालसम्म संक्रमित निको हुने दर ९४ दशमलव ७ प्रतिशत रहेको छ । २०७६ चैतबाट सुरु भएको कोरोना महामारीको त्रास हझै हटेको छैन ।
कोरोना रोकथामका लागि लामो समय बन्दाबन्दीको साहारा लिइए पनि जनस्वास्थ्यका मापदण्ड पालनामा भैरहेको बेवास्ताले झनै जोखिम बढेको छ । केही ओरालो लागेको कोरोना दर फेरि उकालो लाग्न थालेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १जेनजी विद्रोहीलाई अपराधी करार गर्न खोज्दै छिन् प्रधानमन्त्रीः विप्लव
- २इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
- ३प्रधानमन्त्री कार्कीसँग भेटेपछि चुनावमा जान सबै दल तयार भएकै हुन ?
- ४कुलमानले भने रास्वपाले रणनीतिक उपयोग गर्न खोजेको छ
- ५फागुन २१ को चुनावमा भोट हाल्न पाउने १,८९,०३,६८९ मतदाता



तपाईको कमेन्ट लेख्नुहोस्