संयुक्त राष्ट्रसंघले भन्यो–अफ्गानिस्तानमा तालिबानले मानव अधिकार दुरुपयोग गर्यो
एजेन्सी । संयुक्त राष्ट्रसंघले अफगानस्तानमा भइरहेको मानव अधिकार दुरुपयोगको निन्दा गरेको छ । अफ्गानिस्तानमा विद्रोही लडाकु समुह तालिबान र सुरक्षा बल बीचको द्धन्द्धका कारण भईरहेको मानव अधिकार दुरुपयोगबारे संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो । अफ्गानिस्तानमा तालिबान र सुरक्षा बलबीच द्धन्द्ध चर्केको बेला सर्वसाधारणहरु मारमा परेका छन् ।
सर्वसाधारणको ज्यान लिने, उत्पीडन, दुव्र्यावहार गरी तथाब सिर्जना गर्नेमाथि कडा कारबाही गर्नुपर्ने अफ्गानिस्तानस्थित संयुक्त राष्ट्रसंघ असिस्टेन्स मिसनले बताएको छ । पछिल्लो समय तालिबानले सुरक्षा बल र सर्वसाधारणमाथि जथाभावि आक्रमण र कारबाही गरिरहेको छ ।
लामो समययता युद्ध संकटमा फसेको अफ्गानिस्तानमा आतंकवादी गतिविधि परास्त पारेको भन्दै विदेशी सुरक्षा बलहरु घर फर्कीरहेको बेला तालिबान र सुरक्षा बलबीच पुन द्धन्द्ध सुरु भएको छ । अफ्गानिस्तानमा सर्वसाधारणको रक्षा र शान्तिपूर्ण वातावरणका लागि शान्ति वार्ता र प्रतिबद्धता गर्नु आवश्यक रहेको संयुक्त राष्ट्रसंघ एजेन्सीले जनाएको छ । स्रोतः जी फाईभ
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #संयुक्त राष्ट्रसंघ
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्