अफगानिस्तानबाट अमेरिका सेना फिर्ता हुन थालेपछि अनुवादक तथा दोभाषेहरु असुरक्षित
काठमाडौं । अमेरिकाले आफ्ना सैनिकलाई अफगानिस्तानमा द्वन्द्वको समयमा दोभाषेका रुपमा सहयोग गरेका अनुवादकहरुलाई सुरक्षित स्थानमा लैजान निर्देशन दिएको छ । जोखिममा रहेका अनुवादकहरुलाई अमेरिका वा अर्को कुनै देश लैजान अमेरिकाले निर्देशन दिएको हो । अमेरिकाको नेतृत्वमा सन् २००१ यता हुँदै आएको नेटा सैनिकको अभियान अफगानिस्तानमा अन्त्य हुँदैछ ।
सेप्टेम्बर ११ सम्ममा सबै विदेशी सैनिक अफगानिस्तानबाट बाहिरिने समय सीमा छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो अगस्ट अन्तिमसम्ममा आफ्ना सैनिक फिर्ता हुने घोषणा गरेका छन् । त्यसपछि पनि अफगानिस्तानमा अमेरिकी मिसनको सुरक्षाका लागि ६ सय ५० जति अमेरिकी सैनिक रहने छन् ।
अमेरिकी सहितका सैनिक फिर्ताको क्रम अन्तिम चरणमा पुग्दै गर्दा उनीहरुका सहयोगीका रुपमा काम गरेका अनुवादकहरु जोखिममा आएको भन्दै चासो र चिन्ता थपिएको थियो । अनुवादकहरुले आफूहरुको सुरक्षाका लागि उचित व्यवस्था गर्न माग गरेका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अफगानिस्तानबाट अमेरिका सेना फिर्ता
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्