पाकिस्तानमा आतंकवादी लडाकुको आक्रमणमा एक सैनिकको मृत्यु
एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा फ्रन्टिअर कोर्प बलोचिस्तानका एक सैनिकको आतंकवादी हमलामा परि ज्यान गएको छ । बलोचिस्तानको होशब जिल्लामा आतंकवादी लडाकुको आक्रमणमा फ्रन्टिअर कोर्प बलोचिस्तानमा कार्यरत एक सेनाको ज्यान गएको छ । आतंकवादी आक्रमणमा सेना किफायत उल्लाहको ज्यान गएको पाकिस्तान शसस्त्र बलको मिडिया तथा पब्लिक रिलेसन निकाय आइएसपीआरले जनाएको छ ।
आक्रमकारी आतंकवादीमाथि सेनाले कारबाही जारी राखेको छ । गत साता पनि बलोचिस्तानको सिबि क्षेत्रमा गस्तीमा रहेका सेनामाथि आतंकवादी लडाकुहरुले हमला गर्दा पाँच सैनिकहरुको ज्यान गएको थियो । पाकिस्तानको अफ्गानिस्तान र इरानसँगको सीमाक्षेत्र सुरक्षाका लागि बलोचिस्तान र खेबर पख्तुन्ख्वा प्रान्तहरुमा फ्रन्टिअर कोर्प बलोचिस्तान सेना खटाईएको छ ।
पाकिस्तानमा यो बर्ष २०२१ को पहिलो चार महिनामा मात्रै विभिन्न हिंसात्मक घटनाहरुमा परि करिब दुई सय जनाले ज्यान गुमाएका छन् । ती मध्ये ७० प्रतिशत ज्यान गुमाएकाहरु खेबर पख्तुन्ख्वा र बलोचिस्तान प्रान्तका रहेका छन् । स्रोत : लेटेस्ट्ली
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्