आइतबार सेयर बजारमा उच्च अंकले वृद्धि
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । असार लागेसँगै लगातार जसो घटिरहेको बजारमा आइतबार उत्साह देखिएको हो । सेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८ सय ९८ दशमलव ४३ अंकमा पुगेको छ ।
नेप्से परिसूचक २ दशमलव ६४ प्रतिशतले बढेको हो । ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ अंक भन्दा बढीले बढेको छ । कारोबार रकम पनि ८ अर्ब भन्दा धेरै भएको छ । अघिल्लो साता ४ देखि ५ अर्बको बिमा धेरै दिन कारोबार भएको थियो । नेप्सेमा कारोबार हुने सबै समूहगत सब इन्डेक्स बढेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सेयर बजार
ताजा खबर
- १जेनजी विद्रोहीलाई अपराधी करार गर्न खोज्दै छिन् प्रधानमन्त्रीः विप्लव
- २इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
- ३प्रधानमन्त्री कार्कीसँग भेटेपछि चुनावमा जान सबै दल तयार भएकै हुन ?
- ४कुलमानले भने रास्वपाले रणनीतिक उपयोग गर्न खोजेको छ
- ५फागुन २१ को चुनावमा भोट हाल्न पाउने १,८९,०३,६८९ मतदाता



तपाईको कमेन्ट लेख्नुहोस्