भारतीय वैज्ञानिकहरुले फेला पारे अन्टार्टिका महादेशमा नयाँ काई प्रजाति
एजेन्सी । भारतीय वैज्ञानिकहरुको एक समुहले अन्टार्टिका माहादेशमा नयाँ काई प्रजाति फेला पारेका छन् । भारतको पञ्जाबस्थित वैज्ञानिकहरुको एक समुहले अन्टार्टिका माहादेशमा नयाँ काई प्रजाति फेला पारेका हुन् । वैज्ञानिकहरुले उक्त काई प्रजातिलाई ब्र्युम भारतीन्सीसको नाम दिएका छन् ।
भारती नामले पनि चिनिने देवी सरस्वतिको सम्मानमा उक्त काई प्रजातिलाई ब्र्युम भारतीन्सीसको नाम दिइएको वैज्ञानिकहरु बताएका छन् । यद्यपी, भारतको अन्टार्टिका स्थित भारती नामको स्टेसन पनि स्थापना छ । वैज्ञानिकहरुको समुहले काई प्रजातिको अन्वेषणबारे एक जर्नलमा उल्लेख गरिएको छ ।
सन् १९८१ मा अन्टार्टिका स्थित वैज्ञानिक मिसन शुरु गरेको भारतको यो पहिलो र एक मात्र वनस्पति प्रजातिको अन्वेषण हो । अन्टार्टिका माहादेशमा भारतले सन् १९८४ मा पहिलो स्टेसन दक्षिण गंगोत्री स्थापना गरेको थियो । स्रोतः द प्रिन्ट
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अन्टार्टिका माहादेश, #नयाँ काई प्रजाति फेला, #भारतीय वैज्ञानिक
ताजा खबर
- १सञ्चारमाध्यममा आएपछि जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
- २काँग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा
- ३असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री
- ४उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ
- ५मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक



तपाईको कमेन्ट लेख्नुहोस्